Monday, April 10, 2017

अपहरण आरोपमा तीन पक्राउ

सुरुङ्गा (झापा), २८ चैत । जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भई जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुले शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी खाली कागजमा हस्ताक्षर गराउँदै रु १५ करोड मूल्य पर्ने जग्गा प्रेम न्यौपानेका नाममा रजिष्ट्रेशन पास गराएका थिए ।

विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–७ स्थित भद्रपुर रोडको १६९ र १७० कित्ता नम्वरको ५ कठ्ठा १६ धुर जग्गा उनीहरुले शरीर बन्धक बनाएर गत मागमा न्यौपानेको नाममा रजिष्ट्रेसन पास गरेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र आज जिल्ला अदालत झापाबाट उनीहरुलाई मानव बेचविखन तथा शरीर बन्धक मुद्दामा म्याद थप गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts