Friday, April 14, 2017

प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्र्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ, १ वैशाख । ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जित गरेर भ्रामक रुपमा सम्प्रेषित ती समाचारप्रति कुनै सत्यता नभएको भनी प्रेस काउन्सिल नेपालमा पठाउनुभएको उजुरी निवेदनको सुनुवाइ गर्दै काउन्सिलले त्यसप्रति आफ्नो ध्यान आकृष्ट भएको बताएको हो ।

काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “१९ वर्षपछि जनताले सङ्घीय संरचनाअन्तर्गत पहिलोचोटि आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्न हुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरिन्छ छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts