Tuesday, April 18, 2017

विश्व शान्ति र मित्रताको कामना गर्दै सगरमाथामा

काठमाडाँै, ५ वैशाख । विश्व शान्ति र मित्रताका लागि सात जनाको नेपाली टोलीले सगरमाथा आरोहण गर्ने भएको छ ।

विश्व शान्ति मितेरी मञ्चको आयोजनामा आज यहाँ आयोजित झन्डा हस्तान्तरण कार्यक्रममा फुर्वाथिन्ले शेर्पाको नेतृत्वमा सगरमाथा जान लागेको जानकारी दिइएको हो ।

आरोहण टोलीलाई नेपाल तथा संयुक्त राष्ट्र सङ्घसँग आबद्ध देशको झन्डा हस्तान्तरण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङले नेपाललाई चिनाउने सगरमाथा, लुम्बिनी, पशुपतिनाथ, स्वयम्भूनाथलगायत सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीलेसगरमाथामा विभिन्न देशको झन्डा पु¥याउने अभियान सबैको साझा हो भन्दै यसका लागि बोर्डले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आरोहण दलका संयोजक शेर्पाले विश्वमा भएको अशान्ति र कलह न्यूनीकरण होस् भन्ने उद्देश्यले आफूहरु सगरमाथा आरोहण गर्न लागेको बताउनुभयो । पत्रकार ऋषि धमलाले सो अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
आरोहण दलमा संयोजक शेर्पासँगै आङ्गेली शेर्पा, फुर्वानिमा शेर्पा, निमालाक्पा शेर्पा, निमादोर्जे शेर्पा, पासाङनोर्बु शेर्पा र छिरिङ शेर्पा रहनुहुनेछ । टोली यही हप्ता सगरमाथा आरोहणका लागि जाँदैछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts