दुबई । विगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईद्धारा स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां आर्थिक सहयोग गरेको छ । भारत, काठमाण्डौं र पोखराका अस्पतालहरुमा उपचार चलेको र निजको घर स्थिति नाजुक भएकाले समाजलाई सहयोगको अपिल गरेपछि सो रकम सहयोग गरेको हो ।
उक्त रकम समाजका कोषाध्यक्ष निर्दोष खत्री र गम भण्डारीको पहलमा संकलन गरिइएको थियो । जसमा १२ जनामध्ये आ–आफ्नो शक्ति र सम्भव अनुसार सहयोग गर्नेहरुको नामावली यस प्रकार रहेका छन् । लालबहादुर खड्का दिराम ५००, गम भण्डारी १८०, गोरख खड्का १००, कर्णबहादुर खड्का १००, कृष्ण भण्डारी १०१, यामबहादुर खड्का १००, सागर शर्मा १००, लिलाबहादुर थापा ७५, निर्दोष खत्री ६५, धन श्रीस ५०, पुष्पराज महतो ३० र कमल खत्रीबाट ३० दिराम सहयोग भएको छ ।
सो रकम युएईबाट समाजले सोही गाउंमा बसोबास गरेका समाजसेवी तथा बुद्धिजीवी जीवन भण्डारीलाई पठाई दिएपछि पीडितलाई हस्तान्तरण गरिएको थियो । पीडितको घरमा श्रीमति २ छोरा र एक छोरी रहेका छन् । अहिलेसम्म उपचार गर्ने क्रममा लगभग ३० लाख जति खर्च भईसकेको जानकारीमा आएको छ ।
लालबहादुर ढेंगा, दुबई, युएई
Tuesday, April 25, 2017
गल्कोट समाज युएईद्धारा मुटु रोगबाट पीडित जगरबहादुर खड्कालाई आर्थिक सहयोग
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment