Monday, May 1, 2017

महाभियोग प्रस्ताव फिर्ता लिनुपर्छ : ओली

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्नुभएको छ ।

एमालेद्वारा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले महाभियोग प्रस्ताव सर्वोच्च अदालतको संवैधानिक अङ्गको बदनाम गर्न ल्याइएको आरोप लगाउँदै तत्काल फिर्ता गर्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग माग गर्नुभयो ।

“महाअभियोग लगाउनु चिन्ताजनक र गम्भीर कुरा हो । यो हामीलाई मान्य छैन” उहाँले भन्नुभयो,“त्यसैले भोलि(मङ्गलबार) नै सरकारले प्रस्ताव फिर्ता लिनुपर्छ ।”

उहाँले ‘प्रधानन्यायाधीशले सरकारले भनेजस्तो नगरेर कानुनानुसार फैसला गर्न थालेपछि’ प्रस्ताव ल्याइएको हो भन्दै कुनै पनि हालतमा प्रस्ताव पारित नहुने बताउनुभयो । उहाँले ‘स्थानीय निर्वाचन गर्नाको साटो प्रधानन्यायाधीश कार्कीलाई हटाएर कार्यपालिकाको आदेशको तामेली गर्ने न्यायालय सरकारले ल्याउन खोजेको’ आरोप पनि लगाउनुभयो ।

“हामी सरकारमा हुँदा सर्वोच्चले हाम्रो पक्षमा फैसला गरेको थिएन । तर पनि हामीले महाअभियोग लगाएनौँ”, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको सरकारले आफूअनुकूल फैसला नगरेको भन्दै प्रधानन्यायाधीश माथि महाअभियोग लगाउन खोजेको छ ।”

अर्काे प्रसङ्गमा उहाँले एक महिनाको अन्तरमा दुई चरणको निर्वाचन हुन नसकिने बताउँदै एक महिनासम्म मतपेटिकाको सुरक्षा गर्न सरकारले नसक्ने जिकिर पनि गर्नुभयो । “एक महिनासम्म मतपेटिकाको सुरक्षा गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “एक महिना नभई पाँच÷सात दिनको फरकमा निर्वाचन गर्न सकिन्छ ।” उहाँले अहिले एमाले सरकार परिवर्तन गर्न खेलमा नलाग्ने पनि स्पष्ट गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts