देशभरका नेपालीहरुको चासो रहेको देशकै राजधानी काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ ।
मुख्य दलहरुका उम्मेदवार तथा अन्य साना दल एवं स्वतन्त्र उम्मेदवारहरु समेत चुनावी मैदानमा रहेकाले यहाँको मतपरिणामलाई कौतुहलताका साथ हेरिएको छ ।
काठमाडौंमा विशेष गरेर नेपाली काँग्रेस र एमालेका उम्मेदवारहरुका बीचमा नै प्रतिस्पर्धा हुने धेरैको अनुमान रहेको छ तथापि एमाले र नेपाली काँग्रेस दुबै दलका मेयरका उम्मेदवारहरु आफूले नै जित्ने दाबी गरिरहेका छन् ।
त्यसैगरी देशभरको हालसम्मको मतपरिणाम अनुसार ७० वटा स्थानमा मतगणना जारी रहेको अवस्थामा तीन स्थानमा एमालेले जितेको छ भने नेपाली काँग्रेसले १ स्थानमा जितेको छ । त्यसैगरी
३३ स्थानमा एमालेले अग्रता कायम गरेको छ भने २३ स्थानमा नेपाली काँग्रेस र १९ स्थानमा माओवादी केन्द्रले अग्रता कायम गरेका छन् ।
एमालेले जितेका स्थानमा मनाङको च्यामे र नेस्याङ गाउँपालिका प्रमुखमा जितेको छ । त्यसैगरी डोल्पाको से फोक्सुण्ड गाउँपालिकामा एमाले निर्विरोध भइसकेको छ भने मनाङको नार्फूमा नेपाली काँग्रेस निर्विरोध निर्वाचित भएको छ ।
Monday, May 15, 2017
काठमाडौं लगायत देशभरका निर्वाचन सम्पन्न स्थानहरुमा मतगणना जारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment