Monday, May 15, 2017

पहिलो चरणको स्थानीय निर्वाचन ऐतिहासिक. निर्वाचन आयोग


यही बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन ऐतिहासिक रुपमा सफल भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन सम्पन्न भएपछि बेलुकी निर्वाचन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले उक्त जानकारी गराएका हुन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यादवले प्रथम चरण अन्तर्गत ३४ जिल्लामा सम्पन्न आइतबारको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको बताउँदै कूल २८२ स्थानीय तहका लागि सम्पन्न मतदानमा
छिटफुट घटना बाहेक अधिकाँश निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको बताए ।
बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।

कूल २८२ तहमा १४ हजार ५ सय ९७ प्रतिनिधि छानिदै
मतदान भएका २ सय ८२ पालिकामा कुल मतदाता संख्या ५१ लाख ५८ हजार रहेको छ । यो संख्या कुल मतदाता १ करोड ४१ लाखमध्ये एक तिहाई भन्दा बढी हो । निर्वाचन आयोगका अनुसार २ सय ८२ पालिकाका निम्ति ६ हजार ८ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको छ । जसबाट १४ हजार ५ सय ९७ जनप्रतिनिधिहरु छानिने छन् ।
निर्वाचन भइरहेका पालिकामध्ये जनसंख्याका हिसावले सबै भन्दा ठूलो काठमाडौं हो भने सबै भन्दा सानो मनाङको नार–फु हो । नार–फुमा ५ सय २३ जनसंख्या छ भने काठमाडौंमा ९ लाख ७५ हजार जनसंख्या छ । काठमाडौं महानगरपालिकामा १६५ वटा मतदानस्थल र ३ सय ७९ वटा मतदान केन्द्र छन् । महानगरमा सबैभन्दा बढी वडा नं। ३१ मा ११ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts