काठमाडौँ, जेठ ६ गते ।
नेपाल स्रष्टा समाजले आफ्नो १०औँ स्थापना दिवसको अवसरमा विशेष साहित्यिक वनभोजको आयोजना ग¥यो । शहरभन्दा केही पर रहेको रमणीय स्थल मातातीर्थस्थित खुशी खुशी रिसोर्टमा आयोजना गरिएको एक सिर्जनात्मक कार्यक्रममा देशका विशिष्ट कवि, साहित्यकारहरूले आफ्ना रचनाहरू पाठ गर्नुभएको थियो ।
अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष नगेन्द्रराज शर्मा, नेपाल स्रष्टा समाजका सल्लाहकारहरू चन्द्रप्रसाद भट्टराई तथा नरेन्द्रबहादुर श्रेष्ठ, अध्यक्ष पवन आलोक, उपाध्यक्ष विधान आचार्य, महासचिव चेतनाथ कणेल हरित, कोषाध्यक्ष पुष्पा खनाल, कार्यसमिति सदस्य डा. गोविन्दमानसिंह कार्की र जानु धिताल, आजीवन विशिष्ट सदस्यहरू उषा भट्टराई, किशोर पहाडी, रेखा कँडेल, जीवनाथ पोखरेल, देविकानन्द तिमिल्सिना, देवकी केसी, रश्मी रिमाल, सीता कँडेल, विजयध्वज थापा, लेखजङ्ग खत्री, पत्रकार तथा साहित्यकार जयदेव भट्टराई, मधु पाठक तथा बाल सहभागी आश्वीन लम्साल र खुशी खुशी होटलका सञ्चालक राजेन्द्र उप्रेतीलगायतले आफ्ना रचना तथा विविध प्रस्तुतिहरू पस्किए ।
सो अवसरमा नेपाली समसामयिक साहित्यका विविध पक्षमा अन्तक्र्रिया गरिनुका साथै हास, परिहास, गीत एवम् नृत्य तथा सिर्जना सम्बन्धमा गम्भीर चिन्तनसमेत गरियो । संस्थाका अध्यक्ष पवन आलोकले उपस्थित सहभागीहरूलाई स्वागत गर्नुका साथै नेपाल स्रष्टा समाजका कार्यक्रम र गतिविधिहरूका विषयमा जानकारी गराउनुभएको थियो । साहित्यिक कार्यक्रमका अतिरिक्त धार्मिक स्थल मातातीर्थको दर्शन, पौडी तथा त्यहाँ वरपर रहेका प्राकृतिक र सांस्कृतिक क्षेत्रहरूको अवलोकन भ्रमणमा समेत साहित्यकारहरू रमाएका थिए ।
Saturday, May 20, 2017
खुशीखुशीमा खुशी भए साहित्यकारहरू, स्रष्टा समाजको सिर्जनात्मक कार्यक्रम
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment