काठमाडौँ, १६ जेठ । डेनमार्कस्थित नेपाली राजदूतावासले आज १० औँ गणतन्त्र दिवस मनाएको छ ।
कार्यक्रममा डेनमार्कस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधि र त्यहाँ बसोबास गर्ने नेपालीको सहभागिता थियो ।
सो अवसरमा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले विदेशमा बस्ने सबै नेपाली देशका प्रतिनिधि भएको र सोही अनुसार सबैले आ–आफ्नो तर्फबाट नेपालको हकहित र प्रतिष्ठा बढाउन पहल गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । रासस
No comments:
Post a Comment