Thursday, May 18, 2017

सर्वोच्चमा प्रहरी नायब महानिरीक्षक सिलवालको मुद्दाको सुनुवाइ फेरी स-यो

काठमाडौँ, ४ जेठ । सर्वोच्च अदालतको आजको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ ।

सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचिमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ प्रहरी नायब महानिरीक्षक सिलवाल बीच नाता सम्बन्ध भएका कारण मुद्दा हेर्न नमिलेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयलाई लिएर सिलवालले मन्त्रिपरिषद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

यसअघि वैशाख १९ गते अन्तिम सुनुवाइ हुने भनिएकोमा त्यसको दुई दिनअघि नै प्रधान्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि यो मुद्दा प्रभावित भई सनुुवाइ हुन सकेको थिएन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts