काठमाडौ, ४ जेठ । नेपाली कांग्रेसले पहिलो चरणको चुनावमा सोचेजस्तो अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको काग्रेस शिर्ष नेता तथा काठमाडौमा उपलव्ध केन्द्रीय सदस्यहरुको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय समेत गरेको छ ।
बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले अहिलेको परिणामको समीक्षा गर्दै दोस्रो चरणको चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्छ भन्ने बिषयमा छलफल भएको जानकारी दिनुभयो । त्यस्तै बैठकमा संबिधान संसोधनका बिषय र सरकार परिवर्तनका बिषयमा पनि छलफल भएको उहाले जानकारी दिनुभयो ।
त्यस्तै काग्रेस केन्द्रीय महेश आचार्यले पनि अहिलेको परिणामको समीक्षा भएको र आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको जानकारी दिनुभयो ।
त्यस्तै माओवादी काग्रेसबिच सरकार गठनका समयमा भएको सहमति र पूर्वसहमति अनुसार माओवादी अध्यक्ष पुष्प कमल दाहालले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने आचार्यले जानकारी दिनुभयो ।
Thursday, May 18, 2017
काँग्रेसले जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुङ्गो लगाउने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment