Tuesday, May 30, 2017

मतदान अधिकृतलाई तालिम

भद्रपुर, १६ जेठ । दोस्रोचरणमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत एवम् सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय आजदेखि तालिम सुरु गरेको छ ।

दुई दिने सो तालिममा मतदान अधिकृत एवम् सहायक मतदान अधिकृत गरी ३०० जनाको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो ।

मतदान केन्द्रमा आफूले पाएको जिम्मेवारी, भूमिका, मतदान केन्द्रको व्यवस्थापन र दायित्व पूरा गर्ने विषयमा जानकारी दिइने तालिम दिइने अधिकारी आचार्यले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts