Sunday, May 28, 2017

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ घोषणा

काठमाडौँ, १४ जेठ । यस वर्ष ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ विभिन्न जिल्लाका पाँच जनालाई प्रदान गरिने भएको छ ।

कृषि विकास मन्त्रालयमा कृषि सचिव डा सुरज पोखरेलको अध्यक्षतामा बसेको बैठकले सर्लाही, हरिपुर नगरपालिका–९ का माछापालन व्यवसायी अफजल हुसेन, नवलपरासी हप्सेकोट गाउँपालिका–३ का तरकारीखेती गर्ने कृषक थमबहादुर रजाली मगर, डडेल्धुरा अजयमेरु गाउँपालिका–४ का बाख्रापालक खडकसिंह विष्ट र पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का इन्द्रकुमारी लावतीलाई एकीकृत खेतीको विकासका लागि सो पुरस्कार दिने निर्णय गरेको छ ।

यही जेठ १५ गते राष्ट्रपति कार्यालयमा सो पुरस्कार प्रदान गरिनेछ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेका सुमेर शम्शेर जबरालाई मत्स्य प्रजनन व्यवसायका क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको मन्त्रालयका अधिकृत सुरेशबाबु तिवारीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts