Tuesday, May 30, 2017

ट्यांकरले च्यापेर बस चालकको मृत्यु

सुरुङ्गा (झापा), १६ जेठ । ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं को ट्यांकर पछाडि सार्ने क्रममा मे १ ख १३०३ नंको बससँग ठोक्किएको थियो । सोही क्रममा मे ४ ख १३१९ नं बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो ।

ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि बिर्तामोडस्थित बिएनसी अस्पताल ल्याउने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts