Friday, May 19, 2017

वालिङ नगरपालिकामा काँग्रेस विजयी

वालिङ, ५ जेठ । स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।

वालिङ नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका दिलीपप्रताप खाँणले १० हजार ६०० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पुन्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नगर उपप्रमुखमा काँग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत प्राप्त गर्नुभयो । वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको थियो

चौधवटा वडा रहेको वालिङ नगरपालिकामा काँग्रेस प्रमुख र उपप्रमुखसहित सातवटा तथा एमाले सातवटा वडामा विजयी भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts