Friday, May 19, 2017

काठमाडौँमा एमालेको अग्रता कायमै

काठमाडौँ, ५ जेठ । काठमाडाँै महानगरपालिकामा आज बिहान १० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ ।

नगर प्रमुखमा एमालेका विद्यासुन्दर शाक्य १० हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ६ हजार ६५६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले तीन हजार ९३८ मत, साझा पार्टीका किशोर थापाले तीन हजार ३३९ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तमदास डङ्गोलले एक हजार ९४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीले आठ हजार ९२२, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले पाँच हजार ५१० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts