Tuesday, May 30, 2017

सगरमाथा आरोहणबाट प्राप्त रकम बालबालिका शिक्षामा

काठमाडौँ, १६ जेठ । नेपालका विभिन्न स्थानमा ओसारपसारको जोखिममा परेका बालबालिकाका शिक्षामा सहयोग गर्ने उद्देश्यले तीन विदेशीले सगरमाथा आरोहण गर्नुभएको छ ।

आयरल्यान्डका ४० वर्षीय रोरी म्याक्यु, अमेरिकाका २५ वर्षीय जोनाथन गुड्री र अस्ट्रेलियाका ३५ वर्षीय ब्लाक पेन्सनले यही जेठ १२ गते आरोहण गर्नुभएको छ । ‘चाइल्ड रेस्क्यु नेपाल’ नामक सामाजिक संस्थाद्वारा सगरमाथाको आरोहणका लागि आवश्यक समन्वय र सहयोग गरिँदै आएको थियो ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा टोली प्रमुख म्याक्युले सगरमाथा आरोहणका क्रममा अन्तर्राष्ट्रिय तहबाट करिब रु ४१ लाख सङ्कलन भइसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले अब एक महिनाभित्र करिब ७५ लाख सङ्कलन गरिने र ‘चाइल्ड रेस्क्यु नेपाल’ लाई हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

‘चाइल्ड रेस्क्यु नेपाल’ का देशीय निर्देशक जमुना श्रेष्ठ भट्टराईले करिब डेढ दशकदेखि बालबालिकाको अधिकार संरक्षण तथा उनीहरुको जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील आफ्नो संस्थाले ललितपुर तथा मकवानपुरमा बालगृह सञ्चालन गरी २८ जनालाई संरक्षण दिँदै आएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts