इलाम, ५ जेठ । देउमाई नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर आज अपराह्न नेविप्रा मङ्गलबारे फ्युज शाखामा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।
धुसेनीस्थित पुलामी चोकमा विद्युत मर्मत गर्ने क्रममा देउमाई नगरपालिका–७ सिद्धिथुम्का निवासी ५० वर्षीय दाताराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment