Tuesday, May 30, 2017

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

चितवन, १६ जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ ।

सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताउनुभएको हो ।

सो विषयमा निर्वाचन आयोगले विवेकशील निर्णय गर्ने विश्वास व्यक्त गर्दै पोखरेलले निर्वाचन प्रक्रियामा असर नपर्ने गरी मतगणना गर्नुपर्ने बताउनुभयो । उहाँले मतपत्र च्यात्नेलाई कानुनी प्रक्रियामा ल्याउँदै मतगणना सुरु गर्नुपर्नेमा जोड दिनुभयोे । यहाँ भएको घटना निन्दनीय रहेको बताउँदै उहाँले यस्ता घटनामा संलग्न हुने, निर्देशन दिने सबैलाई कारबाही गर्नुपर्ने माग गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts