Sunday, June 25, 2017

काभ्रेपलाञ्चोकमा अनुदानमा हाते ट्याक्टर वितरण

बनेपा, ११ असार । काभ्रेपलाञ्चोक जिल्लाका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर उपलब्ध गराइएको छ ।
पहाडी भेगमा समेत धानखेतीका लागि समेत उपयोगी मानिने हाते ट्याक्टर जिल्लाको मण्डनदेउपुर, पाँचखाल, बेथानचोक, महाभारत, नमोबुद्ध, धुलिखेललगायतका नगरपालिका र गाउँपालिकाका कृषकलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लामा माग भएको एक हजार ५०० थान हाते ट्याक्टरमध्ये १२० थान ट्याक्टर मात्रै आएको र कृषकलाई पु¥याउन हम्मेहम्मे भएको सो कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिनुभयो ।

जिल्लामा उपलब्ध भएका हाते ट्याक्टरमध्ये १०० थान मिनि टिलर र २० थान पावर टिलर छन् । दुर्गम क्षेत्र, प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना लागू भएका क्षेत्रलाई ध्यानमा राखेर हाते ट्याक्टर वितरण भएको छ ।

कृषकलाई मिनि टिलर रु ५५ हजारमा र पावर टिलर रु ८० हजारमा वितरण भएको छ जस्को बजार मूल्य वितरण गरेको रकम भन्दा दोब्बर छ । कृषि कार्यालयले गतवर्ष पनि कृषकलाई व्यावसायिक खेतीका लागि भन्दै कृषकलाई हाते ट्याक्टर वितरण गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts