Tuesday, June 6, 2017

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

गुल्मी(तम्घास), २३ जेठ । नेकपा(एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिक रुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको जिकिर गर्नुभएको छ ।
चुनावी अभियानका क्रममा गृह जिल्ला आइपुग्नुभएका ज्ञवालीले मुसीकोट नगरपालिकाअन्तर्गत वडागाउँको ग्वादीचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले उम्मेदवार देवी ज्ञवालीले चुनाव जित्ने पक्का भएपछि सुनियोजित रुपमा माओवादीले मतपत्र च्यातेको आरोप लगाउनुभयो ।

उहाँले एमालेको जनलहरप्रति घेराबन्दी गरिरहेका दललाई निर्वाचन आयोगले समेत साथ दिएको दोषारोपण पनि गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts