Tuesday, June 6, 2017

लोकतन्त्रको असल अभ्यास भयो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रस्ताव गरेको उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित भएकामा अत्यन्त खुसी लागेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको निर्वाचनपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “यो लोकतन्त्रको असल अभ्यास हो ।” उहाँले राजनीतिक इमान्दारीको अनुपम उदाहरण भएको प्रस्तुत गर्दै यसले मुलुकलाई नयाँ दिशामा अगाडि लैजाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ३८८ मतका साथ नेपालको ४०औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएपछि प्रधानमन्त्री दाहालको यस्तो प्रतिक्रिया आएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts