Saturday, June 3, 2017

मतगणना पुनःसञ्चालन गर्न माग

काठमाडौँ, २० जेठ । युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न माग गर्दै आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

यहाँ आयोजित विरोधसभामा निर्वाचन आयोगले गणना गर्न विवाद रहेको वडामा पुनः मतदान गर्न गरेको निर्णय त्रुटिपूर्ण रहेकाले त्यसलाई सञ्चाउन माग गरिएको छ ।

युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेलले पुनःमतदान गरिएमा आगामी दिनमा कुनै पनि स्थानमा चुनाव हुन नसक्ने चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाअनुसार पुनः मतगणनाको माग गर्नुभयो ।

अनेरास्ववियुका अध्यक्ष नवीना लामाले मतगणनाका क्रममा जनादेशलाई अपमान हुने गरी मतपत्र च्यातिएको बताउँदै घटनामा संलग्न दोषिलाई कानुनी कारबाही गरी केही दिनदेखि स्थगित मतगणना पुनः सुरु गर्न आग्रह गर्नुभयो ।

सो जुलुसमा सहभागीले जनमतको सम्मान गर्नुपर्ने, विधि र कानुनी शासनको अभ्यास गर्नुपर्ने, मानवअधिकारको प्रत्याभूति गर्नुपर्नेलगायत प्रचार सामग्री बोकेका थिए । रासस । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts