Thursday, June 1, 2017

मतपत्र च्यात्ने माओवादी कार्यकर्ता धरौटीमा रिहा

चितवन, १८ जेठ । गत आइतबार राति मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका दुई कार्यकर्तालाई जिल्ला अदालत चितवनले धरौटीमा रिहा गरेको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भइरहेको समयमा मतपत्र च्यातेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत चितवनका न्यायाधीस वासुदेव पौडेलको एकल इजलासले थुनछेक आदेशका क्रममा जनही एक लाखको धरौटी मागसहित छाडेको हो ।

जिल्ला अदालत चितवनका निमित्त श्रेष्तेदार धनीप्रसाद चापागाईंका अनुसार उनीहरुविरुद्ध निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ को उपदफा २ अनुसारको कारवाहीको माग गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts