Friday, June 23, 2017

राँके–रवी सडक स्तरोन्नतिका लागि पहल गरिने

इलाम, ९ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले राँके–देउराली–कोल्बोटे–साप्तिन–सल्लेरी–फूएँतप्पा हुँदै रवीसम्म जोड्ने सडकलाई स्तरोन्नतिका लागि राष्ट्रिय योजनामा पार्न पहल गरिने बताउनुभएको छ ।
एमाले फाकफोकथुम गाउँपालिका–२ ले कोल्बोटेमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यहाँको सडक, विद्युत्, खानेपानीजस्ता समस्याका लागि केन्द्रीयस्तरमै पहल थाल्ने आश्वासन दिनुभयो ।
विदेशीको दबाब र प्रभावमा आफ्नो पार्टी कहिल्यै नझुक्ने जिकिर गर्दै उहाँले लोकतन्त्र र गणतन्त्रको संस्थागत विकासका लागि एमालेले संविधान कार्यान्वयनलाई प्राथमिकता दिएको बताउनुभयो ।

पूर्वसभामुख नेम्वाङले नेपालको संविधानले हिमाल, पहाड र तराईका जनतालाई अधिकारसम्पन्न बनाएको स्मरण गराउँदै तीनै तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धितर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभयो ।
आजै चमैतास्थित फलाँटेका बासिन्दाले सडक, विद्युत्, खानेपानी, शिक्षा र स्वास्थ्यको विकास गर्न माग राख्दै नेता नेम्वाङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै उहाँले विकासको पूर्वाधार निर्माणका लागि स्थानीयस्तरदेखि केन्द्रसम्मै आफूले पहल गर्ने र स्थानीय क्षेत्रको विकासका लागि कटिबद्ध रहने आवश्वासन दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts