Tuesday, June 27, 2017

मतदान गर्ने क्रममा ज्येष्ठ नागरिकको मृत्यु

बनियानी (झापा), १४ असार । दोस्र्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि जानुभएको थियो ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts