Friday, June 2, 2017

प्रदूषण नियन्त्रण गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ, १९ जेठ । काठमाडौँ उपत्यकाको बढ्दो प्रदूषण नियन्त्रणका लागि विस्तृत अध्ययन गर्न जनसंख्या तथा वातावरण मन्त्रालय र जर्मनीको ईन्स्टिीच्युट फर एडभान्स्ड सस्ट्यान्याबल्टी स्टडिज संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर गर्न आज यहाँ आयोजित कार्यक्रममा वातावरण मन्त्री जयदेव जोशीले नेपालको विकासमा जर्मनी सरकारले गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगको प्रशंसा गर्दै यस समझदारी पछि काठमाडौँको प्रदुषण नियन्त्रणका लागि नयाँ उपाय पहिल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव विश्वनाथ ओलीले विकासका गतिविधि अघि बढाउँदा वातावरणका विषय कम प्राथमिकतामा पर्ने गरेको गुनासो गर्दै वातावरण विग्रदा उत्पन्न हुने समस्या दिर्घकालीन हुने भएकाले यस तर्फ समयमै सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

उक्त समझदारी पत्रमा मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल र सो संस्थाका प्रो. मार्क लरेन्सले हस्ताक्षर गर्नुभएको थियो । समझदारीअनुसार भक्तपुरको बोडेमा अनुसन्धान केन्द्र स्थापना गरी काठमाडौँ उपत्यकाको बढ्दो प्रदुषण र त्यसले पार्ने प्रभावका बारेमा विस्तृत अध्ययन गरी दिर्घकालीन समाधानको उपाय पहिल्याउने बताईएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts