Wednesday, June 28, 2017

भानु सूर्योदय स्रष्टा सम्मान तथा एस. ई. ई बधाई तथा बिदाइ सम्मान

आफ्नो निरन्तर शैक्षिक यात्राको दौरानमा सूर्योदय एजुकेशन फाउन्डेसन अन्तर्गत एस. ए. बी. पब्लिक स्कुलले भूपु उपप्रधानमन्त्री प्रकाशमान सिंह तथा काठमाडौं महानगरपालिकाका मेयर मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरि प्रभा खड्गीको विशिष्ट आतिथ्यमा दुई दशकबाट नेपाली साहित्य जगतमा विशेष योगदान पु¥याउने साहित्यिक ब्यक्तित्वको मूल्याङ्कन गर्दे गीता केशरीलाई भानु सुर्योदय स्रष्टा सम्मानद्वारा सम्मानित गरिएको छ ।
भर्खरै प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई)२०७३ को नतिजामा सफल विद्यार्थी अभिभावक एवम् शिक्षकहरुलाई सम्मान तथ ाविदाई समारोह पनि उक्त कार्यक्रममा सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न ब्यतिmत्वहरुको सहभागीतामा साँस्कृतिक झलकहरु प्नि प्रस्तुत गरिएका थिए । सफल विद्यार्थीहरुलाई विद्यालय संस्थापक अध्यक्ष लक्ष्यबहादुर के.सी तथा प्रमुख अतिथि प्रकाशमान सिंहले टीका, माला, खादा तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सौरभ चौधरी लाई नगदप्रदान गरेको छ भने अभिभावकहरुलाई बधाइका साथै सम्मान गरिएको थियो । साथै विषयगत उत्कृष्ट हाँसिल गर्ने विभिन्न विषयकाशिक्षक शिक्षिकाहरुलाई पनि मेडल प्रमाणपत्र माला र खादाका साथ सम्मान गरियो । त्यसैरी विद्यालयक ानिर्देशक प्रेम वलीले सबैलाई स्वागत गर्दै एस. ए. बी स्कुललाई एउटा नमूना स्कुलको रुपमा चिनाउन निरन्तर प्रयास गरिरहेको बताउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts