Monday, June 26, 2017

जमुनहा नाका बन्द हुने

खजुरा (बाँके), १२ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाल–भारत सीमा जमुनहा नाका आज बिहान ७ बजेदेखि बन्द गरिएको छ ।

केही आपत्कालीन सेवा र पैदल आवागमनबाहेक मतदान नसकिएसम्म सिमाना पूर्णरुपमा बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभयो ।

केही दिनअघि नेपालगन्जमा भएको दुई देशका सुरक्षा प्रमुखको बैठकले गरेको निर्णयअनुसार निर्वाचनको ४८ घन्टाअघिदेखि सीमा नाका बन्द गरिएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts