Sunday, June 4, 2017

स्थानीय निकायले पत्रकारलाई सहयोगी संस्थाका रुपमा लिनुपर्ने

भक्तपुर, २१ जेठ । नेपाल पत्रकार महासङ्घ भक्तपुरले जिल्लाका विभिन्न नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई आज सम्मान गरेको छ ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुख अञ्जना मधिकर्मी, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र र उपप्रमुख बिना बास्तोला तथा सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापा र उपप्रमुख जुना बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष डा महेन्द्र विष्टले उहाँहरुलाई भादगाउँले टोपी र नेपाली खादा ओढाएर सम्मानपत्र प्रदान गर्दै स्थानीय निकाय र पत्रकारले स्थानीय क्षेत्रको विकासका लागि समन्वयात्मक र सहयोगी भूमिकाका रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय निकायको राम्रा तथा नराम्रा कार्यको जानकारी समाचारमार्फत नागरिकलाई दिने र स्थानीय निकायले पनि पत्रकारलाई सहयोगी संस्थाका रुपमा लिएर जानुपर्ने सुझाव दिनुभयो । पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले पत्रकार महासङ्घको भवन निर्माणका लागि सबै नगरपालिकासँग सहयोगका लागि माग गर्नुभयो ।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, मिश्र र थापाले जनप्रतिनिधि अब कुनै पनि पार्टीका नेता वा कार्यकर्ता नभई जनताको प्रतिनिधि भएकाले आफूहरुले दलभन्दा माथि उठेर जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रमुख मधिकर्मी, बस्नेत र बास्तोलाले जनप्रतिनिधिलाई नागरिकले सहयोग पु¥याएमा नगरको समग्र विकास हुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts