एभरेष्ट यू ए ई मार्शल आर्ट एंड स्पोर्ट्स क्लब को सक्रियतामा हालै सम्मपन्न २ वटा अन्तरास्ट्रिय ( १२ औ नेस्नल कराते च्याम्पियनशिप- जे के एस कप २०१७ अल वसल क्लब दुबईमा खुल्ला कराते ) र ( बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप अल अलि क्लब यू ए ई -दुबई) मा ठुलै संख्यामा नेपाली खेलाडीहरुको सहभागिता गराउदै नेपालीहरुको उच्च खेल कौसल अनि प्रतिस्प्रधिलाई राम्रो चुनौती दिदै करिब आधा दर्जन रास्ट्रहरुको खेलाडी माझ सबैले सम्मानित नतिजा लेउदै आफ्नो बलियो उपस्थितिमा कप तथा मेडल प्राप्त गरेको उपलक्ष्यमा र आगामी दिनहरुमापनि कसरि धेरै प्रगति गर्न सकिन्छ भन्ने हेतुले यस क्लबले कराते लगायत अन्य खेलहरु जस्तै हालै राष्ट्रिय खेलको मान्यता पायको भलिबल खेलक्षेत्रमा अन्तरास्ट्रिय तथा राष्ट्रिय खेल बाट देशलाई प्रतिनिधित्व गर्नु हुने भलिबल खेलाडीहरु, जुडो, ट्रेक एंड फिल्ड र शारीरिक सु-संगठन खेलाडीहरुलाई एकै साथ सम्मान गर्ने साथमा नेपाली बैधानिकता पाउनुभयका रेफ्री तथा प्रशिक्षक ज्यु यहापनि हरेक अन्तरास्ट्रिय खेलहरुमा आफ्नो भूमिकामा सफलता पुर्वक जिम्मेवारी निभाउदै आउनुहुने उहा हरुलाई पनि सम्मान गर्ने हेतुले यहि २६, जुन २०१७ का दिन, करिव १६:०० बजे यू ए ई स्थिति अरब उद्दुप्पी रेस्टुरेन्टमा नेपाल राजदुतावासका कार्यवाहक राजदुत महामहिम श्री नेत्र बहादुर टन्डन ज्युको प्रमुख अतिथ्यमा पानसमा बत्ती बालेर औपचारिक रुपमा खेलाडी तथा खेल प्रशिक्षक र अफिसियल हरुको सम्मान कार्यक्रम औपचारिक रुपमा सुरु गर्दै उक्त कार्यक्रम मा आमन्त्रित प्रमुख अतिथि तथा अतिथि ज्यु हरुलाई ब्याज बितरण गरि कार्यक्रम संचालक श्री रमेश छितिज ज्युले सबैलाई औपचारिक अशान ग्रहण गराउदै उपस्थित जनमानसलाई स्वागत मन्तब्य क्लब सचिब श्री पूर्ण भक्त लामा ज्यु ले दिनु भयको थिओ र कार्यक्रमका सभापतित्व क्लब उपध्यक्ष श्री पवित्र भण्डारी ज्यु ले गर्नु भयको थियो ! सम्पूर्ण यू ए ई मा सक्रिय विविध सामाजिक संस्थाहरु नेपाली समाज बाट अधक्ष्य श्री सी. पि. सापकोटा, एन आर एन ए यू.ए. ई. सल्हाकार तथा बिजेनेश काउनशिलका कोषाधक्ष्य श्री एकेन्द्र बहादुर थापा, पत्रकार महासंघ अधक्ष्य श्री भूप राज बस्याल ज्यु, पत्रकारहरु श्री निमकान्त पाण्डे , त्रिलोचन कोइराला ज्यु , कलाकार संघ यू ए ई का प्रतिनिधि श्री आशिष पुरुष ज्यु, लगायत ब्यापारी, खेलप्रेमी तथा समाज सेवी हरुको बाक्लो उपस्थिति बिच आमन्त्रित खेलाडीहरुलाई महामहिम कार्यवाहक राजदुत श्री नेत्र बहादुर टन्डन र नेपाली समाज अधक्ष्य श्री सी. पि. सापकोटा ज्युको हातबाट सम्मान पत्र प्रदान गरियको थिओ ! यस्तै गरि आफ्नो ठाउँबाट हरबखत खेल तथा खेलाडी हरुलाई सहयोग गर्नु हुने क्लबका सम्पूर्ण पदाधिकारी तथा सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई पनि सम्मान गरियको थियो ! उपस्थित अतिथिहरु मध्यबाट पनि कार्यक्रमको महत्व बारे आफ्नो मन्तब्य दिनु हुदै समाजका अधक्ष्य सी. पि. सापकोटा ज्यु ले रोजगारीको खातिर पनि आफ्नो खेल मार्फत यस किसिमको उपलब्धि हाशिल गर्न सहयोग गर्न हुने क्लब पदाधिकारी तथा सहयोगी अनि सफल खेलाडीको उच्च प्रशंसा गर्दै आगामी दिनमा आफ्नो र सस्थाको सहयोग रहने प्रतिबद्दता गर्नु भयो भने क्लब कोषाधक्ष तथा संस्थापक श्री परशुराम घिमिरे ज्युले यहा सम्म आइपुग्दा गर्नुपरेको मिहिनेत तथा संघर्षको बारेमा बताउदै भोलिको दिनमा अझै सबै क्षेत्रबाट सहयोग को अपक्ष्य राख्नु भयको थिओ ! तेस्तै अन्य बक्ताहरु श्री एकेन्द्र बहादुर थापा, आशिष पुरुष, कुण्डल सिंह, इश्वर घामल, राजेश थिङ्ग, हिरा लाल श्रेष्ठ, श्याम गुरुङ, मदन अधिकारी, सुश्री सुष्मिता निरौला,प्रविन काजि श्रेष्ठ लगायत धेरै खेलसंग आबद्ध ब्यक्तिहरुले समेत छोटो मन्तब्य राख्दै सबैको अगाडी यसप्रकारको सामुहिक खुसि बाड्न पयाकोमा धेरै हौसला बढेको कुरा बताउनु भयको थियो तथा क्लबका संस्थापक तथा बरिष्ट प्रशिक्षक- अधिकारिक मान्यता प्राप्त रेफ्री श्री रबि शाही ज्युले आफ्नो अनि समुहको खुल्ला हृदयले सम्पूर्ण खेललाइ समेटेर अझै सशक्त रुपमा नेपाली हरुको उपस्थती गराउने प्रयाश भयको कुराको अबगत गराउदै सबैले हामी नेपाली अनि नेपाली झन्डा मुनि सबै एकाबद्ता हुनु जहाकी कुनै राजनीतिक रंगबेगरको साझा नेपाली संस्थाको परिकल्पन हामीले गरेको भन्ने कुरालाई आत्मसाथ गर्दै आफु कतिबद्दा भयर लागेको र यो समूह पूर्ण सफल हुने कुरामा ढुक्क भयको कुरा आफ्नो मन्तव्यमा बताउनु भयको थिओ ! कार्यक्रमका प्रमुख अतिथि का. वा. राजदुत श्री नेत्र बहादुर टन्डन ज्युले सम्पूर्ण सफलता हाशिल गर्नु हुने खेलाडी हरुलाई बधाई दिदै कल्बले सम्पूर्ण खेलहरुलाई एउतै छाता मा अबद्दा गर्दै लैजाने कोशिस गरियाकोमा खुलेरै प्रसंसा गर्नु भयको थिओ तेस्तै उहाले बिबिध नेपाली संघ संस्था हरुको कार्यक्रममा उपस्थित भैरहदा भन्दा आजको यो कार्यक्रमले फरक किसिमको आफ्नो अनुभूति भयको र देश अनि नेपालीको साझा प्रतिनिधित्व गर्दै सामुन्ने प्राप्त धेरै प्रकारको कप हरुले आफुलाई अझै गर्ब लागेको कुरा सुनाउनु हुदै आगामी दिनहरुमा यसप्रकारको कार्यक्रमलाइ आफ्नो ठाउँबाट सकिने सहयोग गर्ने कुरामा बिस्वस्त गराउनु भयको थियो र यस कार्यक्रमको प्रसंसा गर्दै क्लबको उत्तर उत्तर प्रगति को कामना गर्नु भयको थियो ! “खेलाडी राष्ट्रका गहना हुन्” देशको लागि राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलहरुमा आ-आफ्नो विधामा सहभागीता अनि देशको झन्डा फहराउदै प्राप्त गरियका सफलता मात्र खेलाडीको नभई सारा नेपालीको हुन्छनै भने राष्ट्रको प्रतिनिधित्व खेलमैदानमा गरिरहदा सम्पूर्ण नेपालीको छाती गर्वले चौडा हुनु स्वभावीक नै हो ! यसरी आफ्नो एक्लो या सामुहिक योगदान दिनुहुने खेलाडीहरुलाई समाज अनि राष्ट्रले कहिले भुल्न हुदैन भने आफ्नो आफ्नो ठाउमा हामी खेलप्रेमी जनसमुदायहरुले तथा सरकारले उहाहरुलाई सम्मानित, पुरस्कृत गर्दै र मनोबल उच्च गराउदै जान सके अझै आउदो दिनहरुमा प्रगति तथा सफलता प्राप्त हुदै जाने मा पूर्ण बिस्वस्त छौ भन्दै कार्यक्रम का सभापति तथा क्लबका का. वा अधक्ष्य श्री पबित्र भण्डारी ज्युले आफ्नो मन्तब्य राख्नु हुदै कार्यक्रमको बिसर्जन गर्नु भयको थियो ! सम्मानित खेलाडी बिबरण निम्न अनुसार:- कराते खेलाडी हरु सुश्री किन्जेल श्रेष्ठ – कोमोते- प्रथम स्थान र काता तृती श्री कुमार भुषाल – कोमोते प्रथम स्थान संगै बोडोकन कप २०१७ बिशिस्ट खेलाडी ७ जनाको बिचको प्रतिष्प्रधा बाट यस बर्षको सर्बोकृस्ट कप ( Champion of champion-2017) बिजेता श्री बिपिन श्रेठ – कोमोते प्रथम स्थान र बिशिस्ट खेलाडी तृतीय श्री बिजय तामांग – कोमोते प्रथम स्थान श्री लक्षमण मगर – कोमोते दितिय स्थान श्री बिनोद राई – दुतीय स्थान श्री दिनेश सिंह ऐर :- कोमोते तृतीय स्थान श्री मिनराज चौधरी – तृतीय श्री पुस्प न्युपने – कोमोते प्रथम स्थान श्री राम बहादुर लामा – तृतीय स्थान श्री उत्तम गुरुङ – प्रथम स्थान ( जे के एस कप ) भलिबल खेलाडीहरु:- अन्तरास्ट्रिय तथा रास्ट्रिय श्री कुन्दल बहादुर सिंह श्री श्याम गुरुङ श्री प्रेम भण्डारी श्री इश्वर घामल श्री प्रताप खवास श्री प्रेम शाही श्री राज चौधरी श्री खुसि चौधरी श्री बिष्णु पन्त श्री नरेश चन्द श्री ज्ञान मल्ल श्री डायमण्ड बस्नेत श्री झोंम थापा जुडो खेलाडी श्री कमल तामांग शारीरिक सुगठन श्री तुल बहादुर श्रेष्ठ क्रिकेट खेलाडी:- श्री अंकित श्रेष्ठ एथलेटिक्स खेलाडी :- श्री रिवाज न्यौपाने रेफ्री तथा प्रशिक्षक र ब्यबस्थापन श्री रबि शाही बरिष्ट रेफ्री ( एशियन गोजुरिउ कराते रेफ्री काउन्शिल सदस्य सचिव), रेफ्री श्री प्रेम श्रेष्ठ, ,, श्री बिशाल मगर ,, सुश्री शुस्मिता निरौला प्रशिक्षक श्री पूर्ण भक्त लामा ,, श्री पर्शुराम घिमिरे ,, श्री फई लामा ,, श्री राजेश थिङ्ग क्लब उपाधक्ष्य श्री पबित्र भण्डारी बरिष्ट सल्लाहकार श्री शालिक सुबेदी सल्लाहकार हरु श्री प्रविन काजी श्रेष्ठ – प्रशिक्षक जुडो ,, श्री हिरा लाल श्रेष्ठ अफिसियल श्री भानुभक्त पौडेल ,, श्री मदन अधिकारी ,, श्री योगी सिंह ,, श्री शिव कुमार बास्तोला प्रयोजक १. कुक कनेक्ट २. यक एंड येती गहना पसल- बुरदुबाई ३ . एभेरेस्ट एड्भाटैजिंग एल एल सी ४ श्री संजय पाण्डे ५. श्री हरि अधिकारी ६. श्री हरि के सी ७. श्री अरमदा ट्राभल्स
Tuesday, June 27, 2017
” बिबिध खेलमा अनवरत लगाब राख्दै सफल खेलाडीहरुलाई यू ए ई मा सम्मान “
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment