काठमाडौँ, १२ असार । विकेन्द्रीकरण सहयोग समाज नेपालले नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् सांसद महिन लिम्बूको निधनप्रति दुःख व्यक्त गरेको छ ।
समाजका महासचिव एवम् सांसद रामचन्द्र पोखरेलले आज विज्ञप्ति जारी गरी स्थानीय निकायलाई स्थानीय सरकारमा रुपान्तरित गरी अधिकारसम्पन्न गाउँपालिका बनाउने अभियानमा क्रियाशील गाविस राष्ट्रिय महासङ्घका पूर्वाध्यक्ष लिम्बूको निधनले अत्यन्त दुःखित तुल्याएको जनाउनुभएको छ । साठी वर्षीया लिम्बूको शनिबार राति अर्बुद रोगका कारण धरानमा निधन भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment