Wednesday, June 28, 2017

एकसय ६ वर्षका वृद्धद्वारा मतदान

रामपुर (पाल्पा), १५ असार । बुधबार भएकोे स्थानीय तह निर्वाचनमा पाल्पाको रामपुर नगरपालिकामा १०६ वर्षीय वृद्धद्वारा पनि मतदान भएको छ । रामपुर–१० मा रहेको जनकल्याण मावि रामटार मतदान केन्द्रबाट सोही ठाउँका शक्तिमान सार्कीले मतदान गर्नुभएको हो ।

यसैगरी, पाल्पाको रामपुर नगरपालिकाको दरैठाँटी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९६ वर्षीय सुब्बा लोकनाथ उपाध्याय रेग्मीले सो मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको थियो । यस क्षेत्रका समाज विकासका अभियन्तासमेत रहनुभएका रेग्मीले यस निर्वाचनपछि गाउँका सानादेखि ठूला विकास निर्माणका योजनाले गति लिने आशा गर्नुभएको छ ।

यस्तैगरी, रामपुर नगरपालिका–१० को मतदान केन्द्रमा ९१ वर्षीय वृद्धले पनि मतदान गर्नुभएको छ । जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९१ वर्षीय ठाकुरप्रसाद भण्डारीले मतदान गर्नुभएको मतदान अधिकृत डा सुरज लामिछानेले जानकारी दिनुभयो । यस्तैगरी, पूर्वखोला गाउँपालिका–५ बिरकोटको गणपति मतदान केन्द्रबाट ९५ वर्षीय ठगनारायण श्रेष्ठले पनि मतदान गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts