Monday, June 5, 2017

नेपाल परिवार दल प्रतिपक्षमा बस्ने

काठमाडौँ, २२ जेठ । नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले प्रतिपक्षमै बसेर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको पक्षमा निरन्तर काम गर्ने जनाएको छ ।

संविधान कार्यान्वयन, असुन्तुष्ट दलको माग सम्बोधन, विकास र पुनःनिर्माणमा सबै दलबीच समझदारी आवश्यक रहेको समेत सो दलले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts