भद्रपुर, २२ जेठ । झापाको भद्रपुरस्थित नेपाल सामुदायिक विकास केन्द्र (एनसिडिसी)ले पत्रकार सहारा उपचार कोषका लागि रु एक लाख एक हजार सहयोग प्रदान गरेको छ ।
एनसिडिसीका संस्थापक अध्यक्ष रामप्रसाद ढुङ्गानाले उक्त रकमको चेक आज पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गर्नुभएको हो ।
सो अवसरमा अध्यक्ष ढुङ्गानाले पत्रकार महासङ्घले कल्याणकारी काम सुरु गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । रासस
No comments:
Post a Comment