Wednesday, June 28, 2017

घाइते खनाललाई काठमाडाँै लगियो

अर्घाखाँची, १४ असार । मालारानी गाउँपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच भएको झडपमा परी घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

मालारानी गाउँपालिका वडा नं ३ खनदहको सुन्धरा प्रावि मतदान केन्द्रमा मतदानको समयमा भएको विवादले उग्ररुप लिएपछि एमालेका कार्यकर्ताको कुटपिटबाट माओवादीका कार्यकर्ता तथा अखिल क्रान्तिकारीका नेता नारायण खनाल घाइते भएका थिए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts