Tuesday, June 27, 2017

यूएई मा नेपाली समुदायले २०४ औं भानुजयन्ती दिवस मनाउँदै

यूएई । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अवसरमा नेपाली समुदाय यूएई साहित्यिक कला संसारको आयोजना तथा कायाकल्पको सहकार्यमा २०४ औं भानुजयन्ति मनाइने भएको छ ।
आउँदो आषाढ ३० गते अर्थात तदनुसार जुलाई १४ का दिन यूएईको बर दुबई स्थित सिन्ध पंजाव होटलमा उक्त भानुजयन्ति बिगत का बर्ष झै यस् पनि बिशेष कार्यक्रम गर्न लागिएको नेपाली समुदाय कला तथा साहित्य संसार यूएईका सम्योजक कृष्ण पारस ले जानकारी दिए ।
वि.स.१८७१ साल आषाढ २९ गते तनहुँको चुंदि रम्घामा जन्मिएका राष्ट्रीय विभूति आचार्यले रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । उनले अन्य धेरै साहित्यिक कृतिहरु पनि निकालेका छन् । मोतीराम भट्टले १९४८ सालमा भानुभक्तको जीवनी प्रकाशित गरेपछि नेपाली भाषा साहित्यजगत मा भानुभक्तको योगदान प्रकाशमा आएको हो । २०१२ को आषाढ २९ गते भानुजन्यति मनाएपछी हरेक बर्ष आषाढ २९ लाई भानुजयन्ति मनाउँदै आइएको छ ।
यसै अवसरमा उक्त भमुजयन्ति बिशेष कार्यक्रममा साहित्यिक रचना वाचन,स्रष्टा सम्मान, कला क्षेत्रमा बिशेष योगदान पुर्याउने दुई गायकका दुई गीति एल्बम विमोचन तथा भुईंचालोको विनासपछि पुनर्निर्माणका लागी वैदेशिक रोजगारीमा भएकाहरुलाई बचत गर्न प्रोत्साहन गर्ने र भुईंचालोको विनासपछि पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँको जारी बचतपत्र मा युएई बाट खरिद गर्नुहुने खरिद कर्ताहरु लाई प्रमाण प्रत्र प्रभु बैंक बाट हस्तान्तरण तथा सम्मान लगायत अन्य कार्यक्रम र यस कार्यक्रम लाई प्रान फुड्स कम्पनी र प्रभुबैंक बाट प्रायोजन साथै प्रबासी अनलाईन बाट प्रत्यक्ष प्रसारण रहने नेपाली समुदाय का सस्थापक अध्यक्ष बिदुर राउतले जानकारी दिए

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts