Wednesday, June 28, 2017

विभिन्न नेताद्वारा मतदान

बनियानी (झापा), १४ असार । दोस्रो चरणअन्तर्गत आज भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले भद्रपुर नगरपालिका–१० स्थित कबलगुडी प्रावि केन्द्रबाट मतदान गर्नुभयो ।

बेलुका ४ बजेर १२ मिनेट जाँदा सो केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो ।

यसैगरी कांग्रेस नेता नरेन्द्रविक्रम नेम्वाङ र केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले मेचीनगर–१० स्थित धुलाबारी उच्च मावि केन्द्रबाट मतदान गर्नुभयो भने नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य अग्नि खरेलले गौरादह नगरपालिका–१० डुडामारी मावि केन्द्रबाट मतदान गर्नुभएको निर्वाचन अधिकृत शकुन्तला कार्कीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts