Monday, June 26, 2017

बम विष्फोटनबाट एकजनाको मृत्यु

धनगढी, १३ असार । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा गएराति बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।

सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो ।

घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो । बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ । रासस
––––––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts