Sunday, June 4, 2017

विज्ञान र प्रविधिको विकास आवश्यक : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ, २२ जेठ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले विज्ञान र प्रविधिको विकास भएमात्र देशको विकास हुने बताउनुभएको छ ।

क्यालिफोर्निया स्टेट युनिर्भसिटी, काठमाडौँ इन्टिच्युट अफ एप्लाइड साइन्सले ‘हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका अमेरिकन विद्यार्थीका लागि आइतबार साँझ आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले लामो समयदेखिको अस्थिरताको युगलाई स्थानीय तहको निर्वाचनबाट समाप्त गरेको बताउनुभयो ।

क्यालिफोर्निया स्टेट युनिर्भसिटीका प्रा डा मोहनबहादुर डाँगीले मुलुकको विकासका लागि प्रविधिको विकास आवश्यक रहेको बताउनुभयो ।

सो कार्यक्रममा हिमालय क्षेत्रको वातावरणीय परिवर्तन’ सम्बन्धी अध्ययन गरेका आठ अमेरिकन तथा आठ नेपाली विद्यार्थीलाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts