Wednesday, June 28, 2017

बमसहित नेकपाका कार्यकर्ता पक्राउ

गाईघाट(उदयपुर), १४ असार । गए राति रौतमाई गाउँपालिका– ७ मा नेकपाका तीन कार्यकर्तालाई प्रहरीले बमसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका– १४ बस्ने ४० वर्षीय भरत बस्नेत, रौता– ७ बस्ने ३० वर्षीय तिलक तामाङ र ४६ वर्षीय ध्रुव खड्का रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
रौता, मुर्कची बजारबाट पक्राउ गर्दा उनीहरुका साथबाट दुई थान बम र केही हतियार बरामद भएको प्रहरी नायब उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो । कटारी नगरपालिका– १ बाट एक र गाईघाटबाट दुई जना यसअघि नै पक्राउ परिसकेको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts