Friday, June 23, 2017

डर–त्रास नमानी ढुक्कसँग मतदान गर्नोस् : निर्वाचन आयुक्त शाह

बैतडी, ९ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।

आज जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले यस्तो बताउनुभएको हो । निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उहाँले आम मतदातालाई आग्रह गर्नुभयो ।

पत्रकारले सोधेका जिज्ञासामा उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नु राम्रो कुरो नभएको भन्दै कडाभन्दा कडा कारवाही गरिने बताउनुभयो । निर्वाचन आयुक्त शाहको उच्चस्तरीय टोली निर्वाचन अनुगमनको क्रममा कैलाली, कञ्चनपुर हँुदै बैतडी आइपुगेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts