Wednesday, June 28, 2017

पानीमा डुबेर कामदारको मृत्यु

पाँचथर, १४ असार । याङ्वरक गाउँपालिका–४ स्थित काबेली ‘ए’ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम गर्ने क्रममा एक कामदारको पानीमा डुबेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्ला घर भई सोही आयोजनामा कार्यरत १८ वर्षीय नवीन मगर छन् । उनी काबेली हाइड्रोपावरको साइट बाँध निर्माण गर्ने क्रममा डुबेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts