Thursday, June 22, 2017

काँग्रेसले नै विकासको मुहान खोल्छ : नेता पौडेल

बुटवल, ९ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहका लागि काँग्रेसले नै विकासको मुहान खोल्ने बताउनुभएको छ ।

स्थानीय तहको निर्वाचनका प्रचार प्रसारका क्रममा बिहीबार बुटवल उपमहानगरपालिका–१३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै काँग्रेस वरिष्ठ नेता पौडेलले देशको पूर्वाधार निर्माण, आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रको विकास काँग्रेसले नै गरेको दाबी गर्नुभयो । उहाँले राजनीतिक अधिकारका लागि देशमा भएका सबै आन्दोलनको नेतृत्व गरी परिणाममा पु¥याएको र तिनलाई संस्थागत गर्न संविधान निर्माण गर्ने कामसमेत नेपाली काँग्रेसले पटकपटक सम्पन्न गरेको धारणा राख्नुभएको थियो ।

पार्टीका वडा सभापति पुरुषोत्तम बस्यालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले काँग्रेसले विकास निर्माणमा गरेको कार्य बारे प्रकाश पार्नु भएको थियो ।

नेता पौडेलले बिहीबार नै रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मणिग्राममा र सैनामैना नगरपालिकाको मुर्गियामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts