Thursday, June 29, 2017

बेल्चा प्रहार गरी श्रीमान्को हत्या

म्याग्दी, १५ असार । मालिका गाउँपालिका–५ देवीस्थानको जुग्जामा एक महिलाले श्रीमान्को हत्या गरेको अभियोग लगाइएको छ ।

घरायसी विवादमा भनाभन हुँदा तारादेवी घर्तीले बेल्चा(साबेल) प्रहार गर्दा उनका श्रीमान् ७४ वर्षीय खड्कबहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार साँझ आफ्नै घरमा झगडा हुँदा ६२ वर्षीया तारादेवीले दुईभन्दा बढी पटक श्रीमान्को टाउकामा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेको इप्रका, दरबाङ प्रहरीले जनाएको छ ।

अभियुक्त तारादेवीलाई उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर जिप्रकामा ल्याउँदै गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरिएको छ । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts