Wednesday, June 28, 2017

भण्डारीको सम्झनामा रक्तदान

काठमाडौँ, १४ असार । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ५५ औँ जन्मजयन्तीका उपलक्ष्यमा आज आयोजित रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत सङ्कलन भएको छ ।

मदन भण्डारी स्पोर्ट एकेडेमीले आयोजना गरेको कार्यक्रममा एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले रक्तदानको शुभारम्भ गर्दै जनताको बहुदलीय जनवादका प्रणेता भण्डारीले नेपालको राजनीतिक विकासमा ठूलो योगदान गर्नुभएको बताउनुभयो ।
एकेडेमीले कराँते खेलको पनि आयोजना गरेको छ । विसं २००९ असार १४ गते ताप्लेजुङमा जन्मनुभएका भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा दुर्घटनामा परी निधन भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts