Wednesday, June 28, 2017

दहमा डुबेर मृत्यु

राजविराज, १४ असार । सप्तरीको तिरहुत गाउँपालिका– ५ मा पर्ने लोहजारास्थित पर्यटकीय क्षेत्रको दहमा डुबेर आज कृष्णशवरण गाउँपालिका– ५ बग्धुवा निवासी मोहम्मद समसुद्धिनका १३ वर्षीय छोरा मोहम्मद संसिरको मृत्यु भएको छ ।
सो दहमा नुहाउने क्रममा उनी पानीमा डुबेपछि स्थानीयवासीले उद्धार गरी उपचारका लागि ठेलियास्थित धर्मेश्वर अस्पतालमा लगे पनि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts