Monday, June 5, 2017

उत्तरगयामा श्रीमद्भागवत ज्ञान महायज्ञ

काठमाडौँ, २२ जेठ । आध्यात्मिक परोपकार संस्थाले पवित्र तीर्थस्थल उत्तरगया तथा पितृमुक्ति धाम गोकर्णेश्वर महादेव मन्दिर प्राङ्गणमा श्रीमद्भागवत् पितृमुक्ति ज्ञान महायज्ञ आयोजना गरेको छ ।

पण्डित भवानन्द पौडेल (आनन्द) प्रमुख वाचक रहनुभएको सो महायज्ञमा प्रवचन सुन्न र प्रसादग्रहण गर्न टाढा÷टाढाबाट भक्तजनको भीड लागेको छ ।

असहाय बृद्ध–वृद्धाको सुविधाका लागि महायज्ञबाट उठेको रकम वृद्धाश्रम तथा राधाकृष्णको मन्दिर निर्माणका लागि प्रयोग गरिने उक्त संस्थाका अध्यक्ष पण्डित श्री बलराम पौडेलले जानकारी दिनुभएको छ ।

यही जेठ १९ देखि २५ गतेसम्म सञ्चालन हुने सो महायज्ञमा गोकर्णेश्वरका बासिन्दा र अन्य भक्तजनले खाद्यन्न र नगद सहयोग गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts