Monday, June 5, 2017

विश्व वातावरण दिवसका अवसरमा फोटो प्रदर्शनी

पोखरा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा फिर्के–वुलौँदी र पोखरा उपत्यका बृहत् सरसफाइ अभियानका क्रममा खिचिएका फोटोहरुको प्रदर्शनी गरिएको छ ।

‘हप्तामा एक घन्टा राष्ट्रका लागि स्वय् सेवा गरौँ’ भन्ने मूल नाराका साथ एक वर्षअघि विश्व वातावरण दिवसको अवसर पारेर फिर्केखोलाको सिरान अँधेरीखोलाबाट सरसफाइ अभियान थालिएको थियो । सरसफाइ अभियान १८औँ हप्तासम्म चलेको थियो भने १९औँ हप्तापछि पोखरा बृहत् सरसफाइ अभियानमा परिणत भएको थियो ।

फिर्के–वुलौँदी सफाइ अभियानमा ५६३ मेट्रिक टन फोहर सङ्कलन गरिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

सो अवधिमा ५४० विभिन्न सङ्घसंस्थाका ६३ हजार मानिस सहभागी थिए । पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा त्यस क्रममा खिचिएका एकसयवटा फोटो प्रदर्शनीमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts