Wednesday, June 28, 2017

हराएका वृद्ध जङ्गलमा मृत भेटिए

रत्ननगर (चितवन), १५ असार । चितवनको भरतपुरमा तीन दिनदेखि बेपत्ता भएका एक वृद्ध बुधबार जङ्गलमा मृत फेला परेका छन् ।

भरतपुरको नवजागृति सामुदायिक वनभित्र बुधबार अपराह्न ४ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–११ प्रसिद्धि टोलका स्थानीयवासी ६० वर्षीय शेरबहादुर कुमाल यही असार ११ गतेदेखि बेपत्ता भएका थिए ।

स्थानीयवासीले दिएको सूचनाका आधारमा खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेका हुन् । उनको खोजीका लागि परिवारबाट चितवन प्रहरीमा निवेदनसमेत परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts